दफा ३०क
सर्भेयरको दर्ता
(१) सर्भेयरको रुपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले तोकिए बमोजिम समितिमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजतपत्र दिन हुने देखिएमा तोकिए बमोजिम दस्तूर लिई तोकिए बमोजिमको ढांचामा निवेदकलाई सर्भेयरको इजाजतपत्र दिनु पर्नेछ र इजाजतपत्र दिनु नपर्ने कुनै कारण भएमा त्यस्को जानकारी निवेदकलाई दिनु पर्नेछ ।